ट्रेन्डीङ्ग

प्यार अलि खाँन,

प्युठान खवर । निर्माण सकिएको १५ महिना बितिसक्दा पनि विद्युत् सबस्टेसन संचालनमा आउन सकेको छैन । प्यूठान नगरपालिका -८ दम्ती स्थित सबस्टेसनमा प्रसारण लाइनको बाँकी काम ठेकेदारले समयमै पुरा नगर्दा आयोजना नै अलपत्र परेको हो। म्याद थप गरि कार्तिक मसान्त सम्ममा सम्पन्न हुनुपर्ने काम हालसम्म अधुरै रहेको हो।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रिय कार्यालय नेपालगञ्जका इलेक्ट्रिकल इन्जिनियर ज्ञानबहादुर फर्सालले ३३ केभि डबल सर्किट लाईन बिस्तार र ११ केभिको फिटरको काम समयमै नहुँदा सबस्टेसन संचालनमा ढिलाई भएको बताएका छन्। फर्सालका अनुसार सबस्टेसनसम्म पुर्याउने लाइन विस्तारका सामग्रीको परिक्षण, ट्रान्सफर्मर चार्ज लगायतका काम सकिएका छन। ‘सबस्टेसनको काम पूरा भएको छ।’

 

फर्सालले भने ‘तिहार पछि काम गर्ने भनेको ठेकेदार कम्पनीले सुरु गरेको छैन्।’ सबस्टेसनको काम आर.के इन्टरनेशनलले ७ करोड ५० लाख र लाइन विस्तारको काम त्रिपुरेश्वररजयदुर्गा जेभीले ५ करोड ३६ लाख रुपैयाँ लागतमा ठेक्का लिएका हुन्। अर्घाखाँची लैजाने विद्युत् लाइन विस्तारका लागि झिमरुक नदि किनारमा पोल गाडिएका छन। ‘हामी केहिदिन भित्र कार्यस्थल जाँदैछौं।

 

फर्सालले भने, ‘पोल गाड्ने विषयमा स्थानीय स्तरमा केही विवाद भएकोले तार टाँग्ने काम केहि प्रभावित भएको हो।’ उनका अनुसार विद्युत् लाइन पूरा भएपछि मात्र सबस्टेसन सञ्चालन हुन्छ। स्थानिय स्तरमा कुनै विवाद नरहेको वडा अध्यक्ष लिलापसिंह केसीले बताए। ‘आयोजनावालाहरु नै आउँदैनन्।’ केसीले भने, ‘बारम्बार फोन गरेका छौं। विवाद छन् भने हामी हल तथा छलफल गर्न सहजिकरण गरिदिन्छौं।’

 

सबस्टेसन संचालनमा नआउँदा उद्योग कलकारखाना संचालनमा समस्या आएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताए। ‘जिल्लामै विद्युत उत्पादन भएर पनि सवस्टेसन संचालनमा आउन नसक्नु दुखद् हो।’ कक्षपतिले भने, ‘सरोकारवाला निकायले अलि तदारुकता देखाउन पर्यो।’ अहिले ३३ केभिबाटै वितरण लाइन दिन परेको छ। दम्तीको सबस्टेसन संचालनपछि प्यूठानमा ११ केभिको लाइन वितरण गरिनेछ ।

विद्युत प्राधिकरण जुम्री वितरण केन्द्रका प्रमुख जयनन्द बोगटीले दम्तीको सबस्टेसन संचालनमा आए जिल्लामा विद्युत् आउने-जाने समस्या धेरै न्यूनिकरण हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय