ट्रेन्डीङ्ग

प्युठान खवर । नेपाली हर्ट ग्रुपद्वारा प्युठानबाट बर्दिया पुगेर सहयोग हस्तान्तरण गरेको हो । असहाय बालबालिका संरक्षण केन्द्र बेलवार बर्दियामा रहेका बालबालिकाहरूलाइ जाडोका लत्ता कपडा, खाद्यान्न सहित स्वास्थ्य सामग्रि सहयोग गरिएको हो ।

नेपाली हर्ट ग्रुप नेपालका होस्टर डिल्लिराज पराजुलिको नेतृत्वमा टिकटकमा चलाइएको अभियानबाट संकलित रकमबाट सामग्रि बितरण गरिएक‍ो हो । केन्द्रमा रहेका २१ जना असहाय बालबालिकाहरूका लागि सहयोग सामग्रि वितरण गरिएको हो ।

जसका लागि मुख्य सहयोग रूपन्देहि मुर्गिया निवासि हाल जापानमा रहनुहुने प्रविन घिमिरेले १० हजार ७ सय रूपैया र पोखरा निवासि हाल दक्षीण कोरियामा रहनुहुने मिस्टर रोमियो दिपक काफ्लेबाट १० हजार रूपैया दिनुभएको थियो ।

सहयोग वितरणका लागि बर्दियामा रहनुहुने दिपक लम्सालको समन्वयमा प्युठानबाट डिल्लिराज पराजुलि, सरस्वति पराजुलि, अविरल थापा, सुगम रिजाल, मिना वलि, पत्रकार भुवनसिंह, एलबि थापा, शमसेरबिक्रम जिसि लगायतको उपस्थिति रहेको थियो । त्यस्तै नेपालगन्जमा रहनुहुने नेपाली हर्ट टिकटक ग्रुपका भावना चौधरि, एलिसा मगरको समेत उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बार बर्दिया नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामप्रसाद थारूले मन्तव्य दिदै २०७४ सालदेखि स्थापना भएको संरक्षण केन्द्रमा सहयोग लिएर प्युठानबाट आउने टोलिलाइ धन्यवाद ज्ञापन गर्नुभयो । स्कुल नै नदेखेका बालबालिकालाइ पछिल्लो २ वर्षदेखि आफुहरूले अभिभावकत्व गरिरहेकोमा काधमा काध मिलाउने सहयोगि मनकारि मनहरूलाइ खुसि ब्यक्त गर्ने शब्द नै न भएकोले आफू हर्ष विभोर भएको उहाले बताउनुभयो ।

आमावुवा बिहिन र असहाय बालवालिकालाइ टिकटकबाटै उठेको रकम सदुपयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक बिजयकुमार चौधरिले धन्यवाद पत्र प्रदान गर्नुभएको थियो । २०४८ साल्मा स्थापना भएको सुम्हा माविमा २०७४ सालदेखि स्कुलभन्दा बाहिर रहेकाहरूलाइ सहयोगार्थ असहाय केन्द्र संचालन गरिदै आएको छ ।

आर्थिक सहयोग गर्नेहरूको नामावलि।

१. मि. रोमियो (दिपक काफ्ले) पोखरा हाल दक्षिण कोरिया ः १०,०००
२ प्रविन घिमिरे रुपन्देही मुर्गिया हाल जापा) १०,६३१
३ आकृति खतिवडा (जन्मदिनको अवसरमा (अनिता ए धिताल) ५१३३
४ टंक लिम्वु बहराइन ५०००
५ मनोज कार्कि , अमेरिका ४०७०
६ रेश्मी आले , काठमाण्डौ ४०००
७ बुद्ध जि.सी. , प्यूठान (हाल भारत) ः ४,०००
८. लभ्ली सपना (झापा बुधवारे) ३,०००
९ यान बहादुर रोकाय नेपाल आर्मि बाँके ः २०००
१०. रमेश बस्याल पाल्पा (हाल दुबई) ः २००५
११ निर्मला पाख्रिन लामा (निरु राई) काठमाण्डौ २,०००
१२ मधु ज्ञवाली (बुटवल रुपन्देही) २,०००
१३ डिल्लिराज पराजुली (प्यूठान) २,०००
१४ पुष्पाकली भुषाल (दाङ) २,०००
१५ टंक भुषाल , बुटवल २,०००
१६ सुदिना खड्का बनेपा २०००
१७ सुगम रिजाल प्यूठान १००५
१८ भुवनसिंह प्यूठान १००५
१९ राजेन्द्र श्रेष्ठ (रबिन मार्ट, ठमेल काठमाण्डौ १,०००
२० गंगा भुर्तेल (स्याङ्जा) १००५
२१ आकाश भण्डारी (बर्दिया हाल दुबई) १०००
२२ निरुता निरौला बिर्तामोड ११००
२३ कविता राना दाङ तुलसीपुर १०००
२४मगर इज किङ १०००
२५ युवी खत्री महासचिव १००१
२६ भवना चौधरी बर्दिया १०००
२७ आशा तामाङ काठमाण्डौ ५००
२८ लक्ष्मि पराजुलि ३०००
२९ मिना वलि ११००
३० एलिसा मगर १०००
३१ मिलन भट्ट चितवन १०००
३२ बिष्णु शहि भैरहवा २०००
३३ कुमार ढकाल मलेसिया १०००
३४ इनोसिन प्राकृतिक गुरूङ १०००
गिफ्टर सहयोगी
मिना गुरुङ, अमेरिका
हर्ट ग्रुप संस्थापक : पार्देशी खरेल
हर्ट ग्रुप कोषाध्यक्ष : कुफम जावेग पुनि अमेरिका
चन्द्रिका ढुङ्गेल , क्यानडा
शोमा पोख्रेल , अमेरिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय