ट्रेन्डीङ्ग

पदम बहादुर केसी, लिवाङ, 

प्युठान खवर । बाग्दुला बिजुवार अथवा प्युठानको तल्लो क्षेत्रमा जादा त्यहाका प्राय मान्छेहरुले सोध्ने प्रश्न हो, तपाइको घर कहाँ हो ? हामी भन्छौ लिवाङ । तर उल्टै प्रश्न आउँछ ! कहाँ रोल्पा लिवाङ ? फेरी हामि दोहोर्याएर भन्छौ, हैन प्युठान लिवाङ। उनिहरु फेरी सोध्छन, प्युठानमा पनि लिवाङ छर ? कता पर्छ ? टिमुरचौर तिर पर्छ हामी भन्न विवस हुन्छौ ।

भौगोलिक, शिक्षा, यातायात, विद्युत,राजनीति लगायतका धेरै क्षेत्रमा पछाडी परेको गाउँ हो लिवाङ । संघीयता सुरु हुनुभन्दा अगाडी हालको झिम्रुक ८ टिमुरचौर र गौमुखी गाउपालिका ६ लिवाङ एउटै लिवाङ गाबिस थिए । गाबिसमा थोरै बजेट आउने टिमुरचौरका प्रतिनिधिहरु टाठाबाठा धेरै रकम उतै लैजाने कुनै संघ सस्था आए भने पनि टिमुरचौर तिरै कार्यक्रम गर्ने गर्दथे ।

 

जब संघीयता आयो लिवाङ गौमुखि र टिमुरचौर झिम्रुकमा गाभियो त्यस पछि साविक लिवाङ गाविसले बिकासमा केही अबसर पायो । अहिले गाउमा प्रदेश सरकार र गाउपालिकाको संयुक्त लगानी १ करोड ५० लाखमा सडकको स्तरोन्नती भए पछि गाउमा निरन्तर बस सेवा सन्चालनमा आएको छ । करिब ४ लाखकाे लगानीमा वडा कार्यलय भबन निर्माण पश्चात् सन्चालनमा आएको छ । करिब २ करोड ५० लाखको लगानीमा स्वास्थ चौकी भबन निर्माण को अन्तिम चरण छ ।

 

गाउको टोल टोल बस्ती बस्ती मा थ्री फेज लाइन बिस्तार भएर सबै बस्तिमा विद्युतको पहुँच पुगेको छ । टोल टोलमा गाउँ घर क्लिनिक भबनहरु बनेका छन । बस्तीहरुमा साखा बाटोहरु बन्दै छन । प्रायः सबैका घरमा खानेपानीको धारा पुगेका छन । यहाँका बिद्यार्थीहरु गाउमै कक्षा १० सम्म पढ्न पाएका छन ।

 

शिक्षित र जागिरे न्यून मात्रामा भेटिने यहाँका युवा अहिले प्रसस्त मात्रामा भेटिन्छन । अहिले कृषि र पशुपालन तिर पनि यहाँका युवाहरु आकर्षित हुँदै गएका छन । संचारको पहुँच पुगेको छ । अब बिस्तारै गाउले बिकास को गति लिदै छ। यसैले गाउँमै केहि गरौ भन्ने भावनाका साथ सरकारले लिएको लक्ष्य र निति पहिल्याउने हो भने हामी पसिना बगाउन खाडि मुलुक जानु पर्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय