ट्रेन्डीङ्ग

प्यार अलि खाँन,

प्युठान खवर । त्रिशुली नदीमा खसेको पिक अप जिप भेटिएको छ। प्यूठानबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु १ च ९७३१ नम्बरको जिप विहिवार विहान त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो।

जिपमा सवार अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका मुकुन्द रोकाकी श्रीमती  जमुना रोका तथा चालक सुर्य केसीको सव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।

भट्टराईका अनुसार रोकाकी छोरी जेनिशाको खोजी कार्य जारी छ। रोका भने पौडिएर बाँच्न सफल भएका थिए उनको पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

दुर्घटना स्थल मुग्लिङ भन्दा २ कि.मि टाढा कुरिनटार पर्दछ। छोरीको उपचारका लागि काठमाडौं जाँदै गर्दा रोका चढेको पिक अप जिप दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय