ट्रेन्डीङ्ग

प्युठान, १० कार्तिक । जन्मदिनको अवसरमा विद्यार्थी नेता सुमन श्रेष्ठले सहिद परिवारलाइ आर्थिक सहयोग गरेका छन । प्युठान नगरपालिका-८ गेजबाङ्ग स्थित शहिद नमा विकको परिवारलाई नगद ८ हजार रुपियाँ सहयोग गरि जन्मदिन मनाएको बताएका हुन ।

विद्यार्थी नेता श्रेष्ठले नमाको आमा पुतला विकलाई उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सहिद प्रतिस्ठान प्युठानका अध्यक्ष कृष्ण घिमिरे, वडा नम्बर ८ का वडा अध्यक्ष लिलापसिंह केसी लगायत युवा तथा विद्यार्थी नेताको समेत उपस्थिती थियो ।

आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारलाई जन्मदिनको अवसरमा गरिने फजुल खर्च नगरि विपन्न परिवारलाइ केही राहत मिल्ने आशा सहित रकम हस्तान्तरण गरिएको हो । विद्यार्थी नेतन सुमन श्रेष्ठ अनेरास्ववियुका केन्द्रिय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का जिल्ला कमिटी सदस्य रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय