ट्रेन्डीङ्ग

गिता गौतम,

प्यूठान खवर । लोक तथा दोहोरी गायक तेजेन्द्र बि.एम. र गायिका बिमला सानुको आवाजमा दशै दशै तिहार गीत “दुखी निधारमा” सार्वजनिक भएको छ । कोरोना कहरले छेद बिच्छेद बनाइरहेको समयमा हिन्दुहरुको महान चार्ड बडा दशै अनि तिहार नजिकिदै गर्दा नयाँ दशै गित सार्वजनिक भएको हो । नयाँ तथा पुराना कलाकारहरु एकपछी अर्को गर्दै समय सान्दर्भिक गीतहरु बजारमा ल्याइरहेका बेला मर्मस्पर्सि गित “दुखि निधारमा” नामक भिडियो बजारमा आएको छ ।

 

 

आर्थिक समस्याका कारण साहुको ऋण तिर्न नसक्दा बिदेशिनुपर्ने बाध्यता यो गितमा समावेश गरीएको छ । गाउँका युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बिवसता र बाध्यात्मक परिस्थिति एवं पारिवारिक अवस्थाको यथार्थ चित्रण गर्दै तयार पारिएको यस गीतको छायांकन पनि प्युठान जिल्लामै गरिएको हो ।

 

 

दिपक जि.एम.को लय तथा शब्द रहेको यस गीतको भिडियो निर्देशन विशाल बैरागीले गर्नु भएको हो भने छायांकन प्रकाश पिआर प्युठानिको रहेको छ । शम्सेर के.एम. को कन्सेप्टमा तयार पारिएको यस गीतमा अभिनय स्वयम् सम्शेर के.एम. र संगीता भण्डारीको रहेको छ भने बाल कलाकारको अभिनय सन्ध्या श्रीपाल लगायत अन्य दर्जनौ कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय