ट्रेन्डीङ्ग

प्यूठान (ऐरावती) । प्यूठानमा एक युवक मंगलबारदेखि बेपत्ता भएका छन । जिल्लाको ऐरावती गाउँपालिका वडा नंवर २ लामीदमार स्थित छेस्के खोलाले बगाएर स्थानीय ३५ वर्षीय गजेन्द्र बहादुर बाकबल(मगर) बेपत्ता भएका हुन ।

 

गोठालो गएर घर फर्किने क्रममा खोलाले बगाएको स्थानियले बताए । स्थानियका अनुसार आफ्नो छोराछोरी र गाईगोरुलाई खोला पार गराएपछि उनलाइ घाँसको भारीसँगै बगाएको हो। स्थानिय र सुरक्षाकर्मीको टोलीले बेपत्ता युवकको खोजी कार्य जारी राखेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय