ट्रेन्डीङ्ग

प्यूठान खबर । ऐरावती गाउँपालिकामा सातौ गाउँसभा भएको २ महिनापछी पुन बिशेष गाउँसभा बोलाइएपछी गाउँपालिका उपाध्यक्ष सहितको नेतृत्वले बिरोध गरेका छन । २०७७ साउन १० गते सातौ गाउँ सभा सम्पन्न भएको र पुन २०७७ भदौ २६ गते विशेष गाउँ सभा बोलाइएपछी त्यसको सर्वत्र बिरोध भएको छ ।

बिशेष गाउँ सभा नेपालको स‌ंविधान र प्रचलित कानुन विपरित रहेको भन्दै गाउँपालिका उपाध्य बुद्ध बहादुर बस्नेत सहित १३ जनाले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै यसको बिरोध गरेका हुन् । गाउँपालिकामा रहेका विवादित विषयहरु संवादद्वारा समाधान गर्नका लागि आफूहरुको पक्षबाट पटक पटक आग्रह गरिएपनि सो आग्रहलाइ पुर्वाग्रह ठान्दै वेवास्ता गरेकोले सम्मानित उच्च अदालत तुलसिपुरमा निवेदन दायर समेत भएकोले विचाराधिन मुद्धा माथि निर्णय गर्दा सम्मानित अदालतको मानहानि समेत हुने बिज्ञप्तिमा उल्लेख छ ।

आफूहरु विवादका विषयमा अँझैपनि छलफल गरीयोस र गाउँपालिका अध्यक्ष नविल बिक्रम शाह र प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाललाइ लिखित र मौखिक दुबै जानकारी गराउँदा समेत विशेष गाउँसभा नरोकीएको हुँदा रोस्टम घेराउ गरी विरोध जनाउँदा बैठक स्थगित गरीएपनि सभाबाट गाउँपालिकाको माइन्युट गायभ गरी अज्ञात स्थलबाट अध्यक्षद्वारा परिचालित गुण्डाहरुले बिशेष गाउँ सभा बहुमतले सम्पन्न भएको भनि गरीएको प्रचारवाजीको भ्रत्सना गरीएको छ ।

शुक्रवार दिउँसो १२ बजे गायभ भएको बैठक पुस्तिका माइन्युट बेलुका ४ बजेसम्म पनि कार्यालयमा नभएको जनाउँदै यस प्रकारको हद दर्जाको गुण्डा गर्दी शैलीको कानुनी उपचार खोज्ने समेत बिज्ञप्तिमा उल्लेख छ । गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा पक्षका जनप्रतिनिधिबाटै सहमति र सहकार्यको भावना तथा कानुन विपरित भएका अवान्छित कार्यहरुलाइ साथ र समर्थन दिन बिज्ञप्ति जारी गर्ने जिम्मेवार प्रतिनिधिहरुले सम्पुर्ण राजनितिक दल तथा जनप्रतिनिधिहरुलाइ आग्रह गरीएको छ । मतदाताको भावनामा चोट पुर्याउन नभै  गाउँपालिकाको विकास र समृद्धिको बाटोमा देखिएका अवरोधहरु हटाउनका लागि गरीएको यो सकरात्मक विषयमा सबैले साथ दिन बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय