प्यूठानमा लकडाउन खुकुलो : २६ गतेदेखि बजारमा चहलपहल सुरु

गिता गौतम,

प्युठान खबर । समुदाय स्तरमा कोरोना संक्रमणको प्रभाव बढ्न थालेपछी पछील्लो केहि समयदेखि जारी निशेधाज्ञा खुकुलो गरीएको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले शुक्रवार देखि लागू हुने गरि जिल्लामा लकडाउनको मोडालिटी फेर्ने निर्णय गरेको हो। जारी निशेधाज्ञा हटेपछी शुक्रवार बिहानदेखि बजारमा चहलपहल सुरु भएको छ ।

 

बिहिबार जिल्ला प्रशासन कार्यालयले प्युठानले सार्वजनिक गरेको सूचना अनुसार जोर बिजोरको आधारमा जिल्ला भित्र मात्र सार्बनजिक सवारी साधन संचालन गर्ने, गाडीमा चढ्ने मानिसलाई अनिवार्य स्यानिटाईजर र मास्क लगायर मात्र यात्रा गर्न दिने ,गाडिमा मास्क अनिवार्य राख्ने मास्क नलगाउने मानिसलाई मास्क दिने मास्क सहितको भाडा लिने, गाडीमा बढि भाडा लिए कडा कारबाही हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार कुनै पनि सभा सम्मेलन गर्न नपाउने, सबै प्रकारका पसल खुल्न पाउने तर अनिबार्य स्यानिटाईजरको प्रयोग र सामाजिक दुरि कायम गर्ने ब्यबस्था सहित गाडीमा सिट क्षमता भन्दा आधा यात्रु राख्न भनिएको छ । सबै नागरिकले सामाजिक दुरि कायम गर्नुपर्ने र यस्ता मापदण्ड पूरा नगरे आवस्यक कार्बाही समेत अगाडी बढाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा जारी बिज्ञप्ति पुर्ण पाठ हेर्नुहोस ।