प्युठान दम्तिमा मृत अवस्थामा भेटीए चाकुरे कुमाल

प्युठान खवर । घर नजिकैको मकैबारीमा प्युठानका १ जना ब्यक्ति मृत अवस्थामा भेटीएका छन । प्युठान नगरपालिका ८ माथिल्लो दम्ति निवासी चाकुरे कुमाल मृत भेटीएको प्रहरीले जनाएको छ । ५९ वर्षिय कुमाल घरदेखि करिव ४ सय मिटर टाढा रहेको मकैवारीमा मृत अवस्थामा फेला परेका हुन ।

 

घटनाको वारेमा अनुसन्धना भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृतकको शवलाइ प्रारम्भिक मुचुल्का पश्चात पोस्टमार्टमका लागि प्युठान अस्पताल विजुवार लगिएको अस्थायि प्रहरी पोस्ट बाग्दुलाले जनाएको छ ।