ट्रेन्डीङ्ग

प्यूठान खबर । कोरोना संक्रमण पोजेटीभ भएकाहरुलाइ राख्नका लागि बल्ल प्युठानमा ब्यवस्थित आइसोलेसन केन्द्र स्थापना भएको छ । जिल्लामा पहिलो पटक माण्डवी गाउँपालिकामा कोरोना संक्रमण पोजेटिभ ब्यक्ति भेटीदाका बखतदेखि स्थापना गर्ने भनिएको आइसोलेसन केन्द्र ४ महिनापछी स्थापना भएको हो । यसअघी प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला विपद ब्यवस्थापन समिति कमजोर हुँदा ब्यवस्थित रुपमा केन्द्र सन्चालनमा आउन सकेको थिएन ।

यसअघि प्यूठान नगरपालिका–४ टारीस्थित सिएमए तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने तयारी गरीएपनि ब्यवस्थित रुपमा सन्चालनमा ल्याउने भनिएपनि बोर्ड र सामग्रि राखेर मात्र छोडिएको थियो । अहिले प्यूठान नगरपालिका–४ बिजुवारस्थित निर्माणाधीन जेष्ठ नागरिक भवनमा कोरोना पोजिटिभ पुष्टि भएका बिरामी राख्न बल्ल जिल्ला स्तरीय आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

 

आइसोलेसन केन्द्रको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । एम्बुलेन्स, शववाहान र स्वास्थ्यकर्मीसहितको जनशक्तिको समेत व्यवस्थापन भएपछि आइसोलेसन केन्द्र सञ्चालमा ल्याइएको हो । ५० शैयाको आइसोलेसन केन्द्रका लागि मापदण्ड अनुसारका आवश्यक सबै सामग्री पूरा भएपछि आइतबार उद्घाटन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

अब जिल्लामा लक्षणसहितका कोरोनाका बिरामी भेटिएमा बिरामीलाई आइसोलेसन केन्द्रमा राखेर उपचार गरिने भुसालले जानकारी दिनुभयो । आइसोलेसन सञ्चालन गर्न आवश्यक सरसामानको लागि जिल्लाका ९ वटै स्थानीय तहले आर्थिक सहयोग गरेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । आइसोलेसन केन्द्रमा कम्बल बाल्टी लगायतका सामग्री नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठान प्युठानले उपलब्ध गराएको छ ।

 

जिल्लामा ४ सय ४८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये सक्रिय संक्रमित ५९ जना छन् । १ जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको र ३ सय ८८ संक्रमित निको भएर घर गएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार जिल्लाबाट कोरोना परीक्षणको लागि स्वाब पठाइएकामध्ये ४ सय १० जनाको अझै परीक्षण रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय