ट्रेन्डीङ्ग

प्यूठान खबर । झिमरुक गाउँपालिका प्युठानमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पोजेटीभ भेटीएपछी गाउँपालिकाको कार्यालय लगायत आसपासका गाउँपालिकाका विभिन्न क्षेत्र शिल गरिएको हो ।

 

झिमरुक गाउँपालिकामा कार्यरत २ जना कर्मचारीलाई पिसिआर परिक्षणको क्रममा विहिवार कोरोना देखिएपछि बसेको गाउँपालिकाको CMC बैठकले गाउँपालिका कार्यालय, वडा नं ५ को कार्यालय, मच्छी, ढाँड बजार र ४ नं वडाको चुधारा बजार क्षेत्र राती १२ बजेदेखि अर्काे सुचना नआएसम्मका लागि पुर्ण शिल गर्ने निर्णय भएो हो ।

 

गाउँपालिकामा कार्यरत दुई जना कर्मचारी सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीहरु र अन्य व्यक्तिहरुको स्वाव संकलन गरी पठाउन र संक्रमण फैलिन नदिन शिल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुसालको भनाई छ ।

हेर्नुहोस गाउँपालिकाले निकालेको सुचनाको पुर्णपाठ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय