ट्रेन्डीङ्ग

मित्र थापा,

प्युठान खबर । गौमुखी गाउँपालिका प्युठानको गत आव २०७६/०७७ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ तथा समिक्षा कार्यक्रम मंगलवार सम्पन्न भएको छ । युथ मिडिया डेभलपमेन्ट सेन्टरको सहजीकरण र गौमुखी गाउँपालिका प्युठानको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रम लिवासेमा सम्पन्न भएको हो ।  कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थिले चौमासिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

सुनुवाइ कार्यक्रममा सहभागिहरुले सेवाग्राहीलाइ पाउनुपर्ने सेवामा कठिनाइ परेको भन्दै कर्मचारी थपको माग राखेका थिए । कृषि क्षेत्रमा बिनियोजित बजेटमा भएको रकमान्तर, आयोजनाहरुमा छुट्याइएको रकममा गरीएको कटौति, आर्थिक पारदर्शितामा गाउँपालिकाले बिशेष ध्यान दिनुपर्ने गुनासो राखेका थिए । गाउँपालिकाले आफु निकट दलका ब्यक्तिलाइ आयोजना सन्चालन गर्न दिने प्रवृतिले भ्रष्टाचार मौलाएको भन्दै गुनासै गुनासा राखेका थिए । सहभागीहरुकाे गुनासो र प्रतिक्रियाहरुको गाउँपालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्ष  र विषयसँग सम्बन्धित कर्मचारीहरुले जवाफ दिएका थिए ।

कार्यक्रमको अवसरमा अध्यक्ष विष्णु कुमार गिरिले कोरोना महामारीका कारण रोजगार गुमाएका युवा जनशक्तिलाई रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम उपलब्ध गराउन र गाउँपालिकामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको प्रतिवद्धता रहेको बताउनुभयो । त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवन र सभाहल निर्माणका लागि जग्गा प्राप्तिको बारेमा रहेको प्रगति उहाँले आफ्नो कार्यकाल र गाउँपालिकाको प्रमुख उपलब्धिको रुपमा रहेको समेत बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय