ट्रेन्डीङ्ग

प्रज्वल पहाडी ,

प्यूठान गौमुखी गाउँपालिका-खुङ्गका रुमानसिंह कंवर विगत ६ वर्षयता व्यवसायिक रुपमा अलैची खेती गर्दै आएका छन् । जिल्लामै पहिलो व्यवसायिक अलैची खेती शूरुगरेका उनि अहिले झण्डै १० रोपनी जग्गामा व्यवसायिक खेती वढाएका छन् । एक सय विरुवावाट खेती शुरु गरेका उनले अहिले झण्डै १ लाख विरुवा तयार गरि खेती विस्तार गरेको बताए ।

“अलैचीको व्यवसायिक खेती संगै वेर्नाको लागि नर्सरी समेत राख्दै आएको छु” कंवरले भने “यो वर्ष मात्रै झण्डै ३२ हजार अलैची वेर्ना विक्रि भयो ।” २०६५ साल देखि अलैची खेतीको शुरुवात गरेपनि २०७२ साल देखि व्यवसायिक खेतीमा अगाडी वढेको उनले बताए । जिल्लामै अलैची खेतीमा अगुवा कृषकको पहिचान बनाएका उनले यस क्षेत्रमा चिस्यान र ओसेप क्षेत्र भएका कारण अलैची उत्पादनका लागि उपयूक्त रहेको बताउँछन् । “अलैचीको बजार मूल्य समेत राम्रो हुँदा किसानका लागि यो खेती उत्तम हुन्छ”, उनले भने ।


विरुवा विक्रि संगै पछिल्लो समय उत्पादित अलैची विक्रिवितरण गरि उनले आम्दानी लिन थालेका छन् । दुई वर्षमा प्रतिवर्ष डेढ/डेढ क्वीन्टल अलैची उत्पादन भएको उनले बताए । “पहिलो वर्ष बजार भाउँ राम्रो थियो । दुई हजार पाँच सय प्रतिकिलो विक्रि भएको हो” उनले भने, “गत वर्ष प्रति केजी आठ सयका दरले विक्रि भयो ।”

अलैचीको उत्पादन राम्रो हुदै गए पछि यहाँका अन्य किसान समेत अलैचीको व्यवसायिक खेती तर्फ अगाडी वढेका छन् । गौमुखी गाउँपालिका अन्तरग वडानम्वर ५ खुङ्ग, वडा नम्वर ६ लिवाङ्ग र वडा नम्वर ७ नारिकोटमा अलैची खेती विस्तार हुदै गएको छ । “यो वर्ष मात्रै ९० हजार विरुवा किसानहरुले लगाएका छन्” स्थानीय अगुवा तथा गामैमुखी अलैची उत्पादन ब्लक समितिका सहसंयोजक वरुणध्वज मल्लले भने, “अलैची खेतीमा किसानको आकर्षण वढ्दो छ ।”

कृषि ज्ञान केन्द्र र वन कार्यालयको सहयोगमा यो वर्ष धेरै किसानहरुले अलैची वेर्ना लगाएको उनले बताए । “प्रति किसान एक हजार देखि दश हजार सम्म अलैची विरुवा रोपेका छन्”, उनले भने । कृषि ज्ञान केन्द्रको सहयोगमा सिंचाईका लागि पाईप खरिद गरिएको उनले बताए । उनका अनुसार गाउँपालिकामा झण्डै ६ सय हेक्टर जमिनमा किसानहरुले अलैंची खेती विस्तार गरेका छन् ।

अगुवा कृषक कुंवरका अनुसार रामशाही, गोलशाही र डम्वरशाही गरि तीन जातका अलैची विरुवाहरु कृषकले खेती गर्दै आएका छन् । हाल सम्म यस क्षेत्रमा झण्डै सात/आठ लाख अलैंचि विरुवा कृषकहरुले रोपेको उनले जानकारि दिए । अन्य किसानले समेत पछिल्लो समय अलैंची नर्सरी स्थापना गरि विरुवा विक्रिवितरण गर्दै आएका छन् ।

कुंवरका अनुसार प्रतिविरुवा ६ देखि ८ रुपैया सम्ममा विक्रि हुदै आएको छ । “अहिले सम्म धेरै विरुवा यहीँ खपत हुदै आएको छ”, उनले भने “अन्य जिल्लावाट समेत वेर्नाको लागि माग हुने गर्छ ।” किसानहरु अलैची खेतीमा आकर्षित भए पनि स्थानीय सरकारले खासै चासो र सहयोग नगरेको किसानको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय