ट्रेन्डीङ्ग

तेजेन्द्र बिएम,

प्युठान खवर । प्युठान उद्योग वाणिज्य संघले घुम्ति सेवा सञ्चालन थालेको छ । संघको सदस्यता नविकरण तथा आयकर संकलनका लागि घुम्ति सेवा शुक्रवारदेखि सञ्चालन गरेको हो । संघको आर्थिक वर्ष २०७७/०७८ को सदस्यता नविकरण र वार्षिक २० लाख भन्दा कम कारोवार गर्ने उद्योगि व्यवासायीहरुलाइ मध्यनजर गरी आर्थिक वर्ष २०७६/०७७ को आयकर संकलन अभियान थालेको हो ।

 

साउन २३ गतेदेखि थालेको घुम्ति सेवा साउन ३२ गते सम्म सञ्चालन हुने संघका महासचिव कृष्णभक्त गिरिले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ९ स्थानमा घुम्ति सेवा सञ्चालन हुने र मल्लरानी बजार क्षेत्रका ब्यवसायीहरुलाइ भने कार्यालय समय भित्र संघमै सेवा दिइनेछ ।

 

घुम्ति सेवामा कारणवस नविकरण छुट्न गएका सदस्यहरुका लागि असोज मसान्तसम्म बिलम्व शुल्क नलिइ नविकरण गरीने समेत उहाँले प्युठान खबरलाइ जानकारी दिनुभयो । आयकरका लागि सम्बन्धित ब्यवसायिले कर कार्यालय तथा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

 

संघको सदस्यता नविकरण र आयकर संकलनका लागि आवस्यक कागजात सहित तपसिलको मिति, समय र स्थानमा पायक पर्ने स्थानमा जान सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय