मगर संसारद्वारा गुल्मीकी देवी पल्लीमगर (गायिका) लाई रू.७०,२१६ सहयोग रकम हस्तांतरण

तेजेन्द्र बि. एम.,

प्युठान खबर । मगर संसार (Magar Sansar) Photo Gallery ग्रुपले गुल्मिकी मृगौला पीडित गायिका देवि पल्ली मगरलाई सहयोग रकम हस्तान्तरण गरेको छ । अन्लाईनको दुनियामा यस ग्रुपको चर्छ परिचर्चा निकै बढिरहेको छ । करिब ४ वर्ष अघिदेखि यस ग्रुपद्वारा विभिन्न प्रतियोगिता तथा दुखी, गरिब र बिरामिहरुको लागि निकै राम्रो भुमिका खेल्दै आइरहेको छ ।

यसै सन्दर्भमा केहि दिन अघि गुल्मीका दुबै मृगौला तथा ब्रेस्ट क्यान्सर रोगी गायिका देवी पल्लीमगरलाई सहयोग गरीदिनु भनी एडमिनले गरेको पोस्टको आधारमा अभियान बिनानै अपिलको भरमा विश्वास गरि मगर संसारको माध्यमबाट बिरामि कहा पुर्याईदिनु भनी ग्रुप भित्र रू.७० हजार २ सय छहत्तर जम्मा भएको थियो ।

त्यस सहयोग रकम साउन १२ गते सोमबारको दिन मगर संसारका एडमिन प्रनिष आले मगर र सनम बुढा मगरद्वारा बिरामि देवी पल्ली मगरको निवास काठमाडौ मनमैजूमा पूगी सहयोग रकम हस्तांतरण गरेको हो ।

सहयोगीहरुको नामावली क्रमशः

१) मुना लम्तरी मगर – पाल्पा हाल चितवन भरतपुर रू. ५ हजार

२) खुम सारू मगर – नवलपुर बुलिंटार-२ हाल मलेशिया रू.२ हजार

३) ममता तिलिजा मगर – म्याग्दी दग्नाम पाउद्वार हाल जापान रू.५ हजार

४) प्रेम झाक्री मगर – गुल्मी मदाने -२, हाल मलेशिया रू.५ हजार २ सय एकानब्बे

५) थमन नाइसा मगर – बागलूङ ताराखोला गाउपालिका -१,माझखर्क हाल बहराईन रू.५ हजार

६) राज लम्तरी मगर(एडमिन) – बागलूङ् बसाई बुटवल हाल जापान रू.५ हजार

७) प्रनिश आले मगर(एडमीन) – रामेछाप हाल काठमाडौ रू.५ हजार

८) तर्क ब.सोती मगर (फेसबुक सन्दीप पाल्पाली) – पाल्पा निस्दी-५,ढुंगानाबेशी रामपुर हाल कतार रु.१० हजार १०

९) लक्ष्मण सारू मगर – स्याङजा चापाकोट-४लामडांडा रू.५ हजार १ सय (जन्मदिनको अवसरमा)

१०) दीपेन्द्र थापा मगर – बागलूङ हाल Papua New Guinea(PNG) रू.१० हजार ( जन्मदिनको अवसरमा)

११) सूरज आले मगर – चितवन रू.२ हजार ५ सय

१२) लीला मगर – ओखलढुंगा हाल रसुवा रू.५ हजार

१३) अमिशा मगर – नवलपरासी हाल रसुवा रू.२ हजार ५ सय( बिरामि देवी पल्ली मगरको बैंक खातामा जम्मा)

१४) एन आर बि थापा मगर – गोर्खा शहिद गाउपालिका -३,माथिल्लो ग्याझा मगर गाउ रू.२ हजार ८ सय पन्ध्र

(बिरामि देवी पल्ली मगरको बैंक खातामा जम्मा) यसरी जम्मा भएको सहयोग रकम बिरामिको खातामा ५ हजार ३ सय पन्ध्र र एडमिनको हातमा ६४ हजार ९ सय १ गरि जम्मा ७० हजार २ सय १६ रुपियाँ बिरामिलाई हस्तान्तरण गरिएको ग्रुपका संस्थापक एड्मिन अनिल लामिछानेले जानकारी दिनुभएको छ ।