ट्रेन्डीङ्ग

प्युठान खवर । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल झिम्रुक ८ को आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । समसामयिक राजनिति युवा अभियान र परिचालनका विषयक कार्यक्रममा स्थानीय सयौ युवाहरुको सहभागिता थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का जिल्ला कमिटी सदस्य तथा झिम्रुक गा.पा पार्टी इन्चार्ज तुलस बस्नेतको प्रमुख आतित्थ्यता एवं विद्यार्थी नेता मिलन एमसि विशेष आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा झिम्रुक ८ का पार्टी अध्यक्ष भागिरथ गिरी, वडा पार्टी सचीव रामु गिरी, युवा नेता गोविन्द गिरी, शिवा गिरी, मुना सुनार, टोपबहादुर बस्नेत लगायतले मन्तब्य दिएका थिए । कार्यक्रममा गणेश गिरीको संचालन तथा  राष्ट्रिय युवा संघ नेपालका सदस्य भरत जंग गिरीको अध्यक्षता रहेको आयोजकले जनाएको छ ।

युवाहरु पार्टी प्रवेशको लहर

यसैबिच सोहि कार्यक्रमको अवसरमा स्थानीय युवाहरुको नेकपामा प्रवेश गर्नेको लहर बढेको छ । कार्यक्रममा विभिन्न पार्टी (नेपाली काङ्ग्रेस, राष्ट्रिय जनमोर्चा तथा स्वतन्त्र) परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा ३ दर्जन बढी युवा प्रवेश गरेका छन ।

कांग्रेस र राजमो त्याग्नेहरुले यथास्थितिमा यो पुरानो पार्टीमा बस्न नसक्ने दुर्गामी परिवर्तनको अपेक्षा हुन नसक्ने भन्दै नेपालको सबैभन्दा ठुलो पार्टीमा प्रवेश गर्नुको बिकल्प नभएको बताएका छन । दैनिक खिइदै गएको राजमो र थाङ्ग्रिदै गएको काङ्ग्रेसमा ओत लाग्न नसकिने नवप्रवेशिहरुको भनाइ थियो । कार्यक्रममा नवप्रवेशिहरुलाइ स्वागत गर्दै तुलस बस्नेतले युवा अभियान सामाजिक विकास र अग्रगामी छलाङ मार्न मुलुकको बिशाल पार्टी नेकपा बाहेक अरु पार्टी तुलनामा पनि आउन नसक्ने टिप्पणि गर्नुभएको थियो ।

 

प्युठान खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pyuthankhabar@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय