स्वर्गद्वारी ट्रयाक्टर दुर्घटना : ५ सय मिटर तल ट्रयाक्टर खसेको ५ फोटो

प्युठान खवर । शनिवार राती ट्रयाक्टर दुर्घटना हुँदा घटना स्थलमै ७ जनाले ज्यान गुमाए । रातिको समयमा दुर्घटना भएकाले समयमै उद्वार हुन सकेन । भिरबाट करिव ५ सय मिटर तल ट्रयाक्टर खसेको थियो ।

मृत्यु हुनेमा चालक कमल कुवर सहित रोल्पा जिल्ला रुन्टिगढी गापा ५ का सागर बस्नेत, रिम बहादुर बस्नेत, बिरेन्द्र बाठा मगर, थमन बाठा मगर, गोर्द्धन बुढामगर, कबिराम बस्नेत रहेका छन ।

स्वर्गद्वारी नगरपालिका २ स्थित भिङ्गृकोटबाट धरमपानी जाने क्रममा लु २ च ४२३४ नम्बरको ट्याक्टर धरमपानि नजिक रुमालेमा  घुम्टिमा ट्रयाक्ट दुर्घटना भएको हो । ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।

घटना स्थल कस्तो थियो हेरौ बिभिन्न तस्बिरहरु :

ट्याक्टर खसेको ठाउँ
दुर्घटनाग्रस्त ट्याक्टर
दुर्घटनास्थलमा उद्वार हुँदै
दुर्घटना भएको ठाउँ