ट्रेन्डीङ्ग

प्युठान खवर । ज्योती विकास बैंक बाग्दुला प्युठानले KN-95 मास्क र सेनीटाइजर वितरण गरेको छ । स्थानीय तहका कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारलाइ वितरण गर्ने गरी प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिलाइ हस्तान्तरण गरेको थियो ।

 

ज्योति विकास बैंकका संस्थापक शेयर धनी तथा साविक झिमरुक विकास बैंकका पुर्व सिइयो मदन बहादुर केसीको पहलमा ५ सय पिस मास्क र २ सय पिस सेनीटाइजर नगरप्रमुख कक्षपतिलाइ हस्तान्तरण गरीएको शाखा प्रवन्धक दिपक खड्काले जानकारी दिनुभयो ।

 

फ्रन्टलाइनमा खटीएर सेवा र काम गर्नेहरुलाइ सहयोगार्थ सामाजिक दायित्व निर्वाह स्वरुप बितरण गरिएको उहाँको भनाइ छ ।

 

पत्रकार महासंघलाइ ४० मास्क र २० पिस सेनिटाइजर हस्तान्तरण

यसैबिच ज्योति विकास बैकले उपलब्ध गराएको ४० थान KN-95 मास्क र २० पिस सेनीटाइजर प्युठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले नेपाल पत्रकार महासंघ प्युठानलाइ हस्तान्तरण गर्नुभएको छ । महासंघ प्युठान शाखाका उपाध्यक्ष एलबी थापालाइ एक समारोहबिच पत्रकारहरुलाइ वितरण गर्ने गरी हस्तान्तरण गर्नुभएको हो ।

 

जिल्लामा सन्चालित आमसन्चारका माध्यममा कार्यरत जोखिम मोलेर काम गर्दै आएका सञ्चारकर्मि र पत्रकारहलाइ वितरण गरीने उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय