संजय श्रीपालको अभिनय र आवाजमा “घर बिगारा २ ” (भिडियो सहित)

एलबी थापा,

प्युठान खवर । उसो त सञ्जय श्रीपाल मौलिक कला र गलामा सानैदेखि निखारिएका ब्यक्ति हुन । स्कुल पढ्दादेखि नै उनले मौलिक सिर्जनामा गित गाइनै रहन्थे । उच्च शिक्षा पढ्न र सानैदेखिको आफ्नो साङ्गितिक इच्छा पुरा गर्न रहरको शहर राजधानी छिरेको पनि दशक बित्न लागेको छ ।

 

गौमुखि गाउँपालिकाको नारीकोटमा जन्मिएका उनले गाउँघरको परिवेश र यथार्थलाइ गितमा चित्रण गर्नु उनको सानैदेखिको अभिरुचि हो । आफै गित लेख्ने, गाउने, लय बनाउने र आफ्नै रेकर्डीङ स्टुडियोमा उनि सधै त्यहि रहरको शहर काठमाण्डौमा ब्यस्त छन ।  अहिले मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त छ ।

 

तर उनि यही लकडाउनको बिचमा गरिवि र साहुको ऋणले प्रदेशिएका दाजुभाइहरुको मनोभावना समेटेर गित सिर्जना गरी बजारमा ल्याएका छन । आफुले जन्मदिने आमा जस्तै मायाँ गर्ने श्रीमती परपुरुषको संगको संगतले घर बिगारिएको कथा यो गितमा पाउन सकिन्छ । यसअघी घरबिगारा भाग – १, सार्वजनिक गरेका श्रीपालले अहिले यसैको भाग – २, निकालेका हुन ।

 

आफ्नै लय , आवाज र अभिनय रहेको गित छोटो समयमा नै लोकप्रिय बन्दै गएको छ । गाउँघरको बास्तविक घटना र भोगाइहरुलाइ टपक्क टिपेर सिगारीएको यो गित मर्मस्पर्सि रहेको छ । विदेशमा धन कमाउनको लागी गएको श्रीमानलाई आफ्नै श्रीमतीले घात गर्दाको पिडा यो गीतमा सुरुदेखि अन्तयसम्मै समावेश छ ।

 

रामु विरहीको छायाँकन तथा मनोज कार्कीको सम्पादन र संजय श्रीपालीको निर्देशन रहेको भिडियोमा संजय श्रीपाल, कुशल सुनार , पुष्पा रसाइली , प्रेम सिंह र चम्पा देवीको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।