ट्रेन्डीङ्ग

सागर शर्मा,

प्युठान (धरमपानी) । जिल्लाको मल्लरानी गाउँपालिका ३ मा जनप्रतिनिधि र प्रहरीको कुटाइबाट घाइते हुनेहरुले न्यायको माग गरेका छन ।
जनताको सुरक्षा गर्ने प्रहरी र सेवा गर्ने जनतप्रतिनिधिबाटै स्थानीय दुई युवाले कुटाई खाएपछि उनीहरुले न्यायको माग गरेका हुन् ।
बुधवार बेलुका कुटाइ खाएका ३० वर्षिय झविलाल खत्री र २० वर्षिय फन बहादुर खत्रीलाई जनप्रतिनिधि वडा अध्यक्ष गिरीराज पौडेल, मल्लरानी गाउँपालिका सदस्य चन्द्र बहादुर सार्कि र चुँजाठाँटी प्रहरी चौकीका असई भिम बहादुर वली सहितको प्रहरी टोलीले अनावस्यक रुपमा कुटपिट गरेको स्थानीयले आरोप लगाएका हुन ।

बिनाकारण स्थानीयवासीलाई सुरक्षा दिने प्रहरी र सेवा दिने जनप्रतिनिधिबाट कुटपिट भएपछि स्थानीय आक्रोसित भएका छन् ।
‘बिनाकारण यहाँका बासिन्दाले कुटाई खाए’, स्थानीय रिख बहादुर खत्रीले भन्नुभयो, ‘गल्ति गरेको भएपनि मरणासन्न हुने गरी कुटने अधिकार कस्ले दियो ।’ उहाँले थप्नुभयो, ‘जनप्रतिनिधि र प्रहरीले मानवअधिकारको घोर उल्लंघन गरेका छन् ।’ अर्का स्थानीय डोर बहादुर अधिकारीले बिनाकारण कुटपिट गर्ने प्रहरी र जनप्रतिनिधिलाई कडा भन्दा कडा कार्बाहीको माग गर्नुभएको छ । ‘गाउँघरका सर्वसाधारणलाई बिनासित्ति लाठी बजार्ने’ उहाँले भन्नुभयो, ‘सेवा गर्ने जनप्रतिनिधिलाई पनि कालोमोसो लगाएर गाउँ घुमाउनुपर्छ ।’

वडा नं. ३ को जनकल्याण आधारभुत विद्यालयमा स्थापना गरीएको क्वारेन्टिनमा खाना खुवाउने क्रममा जनप्रतिनिधि र खाना खुवाउने ब्यवसायी बिच झगडा हुँदा स्थानीय युवालाई कुटपिट भएको थियो । कुटिनेहरुमा क्वारेन्टिनमा खाना पकाउने क्यान्टिनवाला यक बहादुर खत्रीको छोरा फन बहादुर खत्री र भान्सा सहयोगी झविलाल खत्री रहेका छन् । यिनीहरुलाई निर्घात कुटपिट हुँदा झविलालको दायाँ हात फ्याक्चर भएको छ भने फन बहादुरको शरीरभरी निल डाम र चोटै चोट लागेको छ । झविलालको शुक्रवार प्युठान अस्पताल बिजुवारमा हातको पलास्टर गरी घर फर्किएका छन भने फन बहादुर शनिवार उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

कुटपिट हुने युवाले जनप्रतिनिधि र प्रहरीबाट अनावश्यक कुटाइ खानुपरेको बताएका छन् । आफुहरु निर्दोस हुदा पनि बरु गल्ति भए माफ गर्न आग्रह गर्दा समेत प्रहरीले लाठी, लात्ति र मुक्का हान्दै जनप्रतिनिधिले भाटाले हानेको आरोप लगाएका छन् । वडा अध्यक्ष गिरीराज पौडेलले सामान्य घटना भएको भन्दै यसलाई मिडियावाजी गर्न नहुने तर्क गर्नुभएको छ । ‘गाउँघरमा यस्ता झिना मसिना घटना भईरहन्छन’, उहाँले भन्नुभयो, ‘बिनाकारण प्रहरीलाई किन बोलाउनुुपथ्र्यो र !’

घाइते हुनेहरुले आफुहरु जनप्रतिनिधि र प्रहरीबाट कुटाई खाएको आरोप लगाएपनि आफुहरुले सम्झाई बुझाई गर्दा नमानेपछि सामान्य विवाद भएको उहाँले बताउनुभयो । घाइते हुनेहरु दुबैले शनिवार जिल्ला प्रहरी कार्यालय प्युठानमा किटानी जाहेरी दिनका लागि आएका छन् । जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्किले घटनाबारे सत्य तथ्य जाँचबुझ गरी पिडितको न्यायका लागि सहयोग गर्ने जनाउनुभयो ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय