ट्रेन्डीङ्ग

एलबी थापा,

प्युठान । सरकारले कोरोना संक्रमणबाट जोगिनका लागि लकडाउन घोषणा गरेको २ महिना भन्दा बढी भइसक्यो । बजार पुरै ठप्प छ । यातायात होटल पनि चलेका छैनन । प्राय सरकारी जागिर गर्ने बाहेक ब्यवसाय र पढाइका लागि शहर छिरेकाहरु सबै गाउँ फर्केका छन । यो अवधिमा भारत तथा बिदेश बस्नेहरु कोरोना कहरले जहितहि लकडाउन भएपछी गाउँ फर्किएका छन । चाडपर्वका बेला बल्लतल्ल समय मिलाएर गाउँ फर्कनेहरुलाइ यतिबेला भने बाध्यता बन्यो घर फिर्नका लागि ।

 

धेरैजना मातृभूमी र गाउँ सम्झेर पनि आएहोलान तर कतिपय शहरमा बस्न नसकेर पनि । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र टिकटकमा गाउँघरमा गर्ने गरेका कामका तस्बिरहरु बग्रेल्ती भेट्न सकिन्छ । कतिपयले त फेसबुक र टिकटकमा लाइभ नै देखाइरहेका हुन्छन । काम सकेका ति तस्विरहरु लेट पोष्ट भनि सार्वजनिक गर्नेको पनि कमि छैन । यो लकडाउनले धेरैलाइ धेरै नै पाठ सिकाएको छ । कहिबेला शहरबाट गाउँ जाँदा लाहुरे बन्नेहरु अहिले कृषक बनेका छन । धेरैले बाँझो जमिन र खेतमा खेति गरेको तस्विर लगभग प्राय सबैले देखाएकै छन यो अनुमान होइन ।

 

मकै छर्ने, गोडमेल गर्ने, धान रोप्ने, हलि बन्ने, रोपार बन्ने र गाउँघरको भान्सो खानेहरु यसपाली सयौ बनेका छन । बाटोमा हिड्दा फेसबुकमा पोस्ट गर्नका लागि रहरले फोटो खिच्नेहरुलाइ अहिले भने बाध्यता बनेको छ । कृपि पेसा बिस्थापित गरी उद्योग र व्यापार ब्यवसाय गर्नेहरुलाइ भने ठुलै चोट दिएको छ । आखिर गाउँ नफिरी सुखै रहेनछ । खेतिबाली लगाउने सिजनमै भएको यो लकडाउनले बुढेसकालमा सहारा नपाएकाहरुलाइ भने ठुलै राहत मिलाएको छ । झोली कुम्ला सहित छोरा, बुहारी, नाति, नातीनी क्यापेर गन्किदै जन्मघर पुग्दा धेरैको परिवारमा खुसीयाली छाएको छ ।

 

बुहारी या छोराका कारण घरमा बोलि बार्नेहरुलाइ पनि राम्रै दनक दिएको छ । धेरैलाइ सबक सिकाएको पनि छ । यो समयमा धेरैले आफ्नो ब्यक्तिगत आदत पनि सुधारे होलान । ब्यापार ब्यवसाय चौपट हुँदा मनमा पिर भएपनि कृषि क्रान्तिमा फिरेको मनले बेला बखत कामका सिजनमा घर जानुपर्ने प्राय सबैले मनभित्र केलाइरहेका होलान । नमिलि र नजुटी सुख नै छैन भन्ने पनि भान भएको छ होला । परिवार मिलिजुलि भएको छ र खुसियाली छाएको छ । बजारमा मोमो र चाउमिन नास्ता खानेहरुले भुटेको मकै, भटमास, कोदोको रोटी, ढिडो, आटो, र सिस्नो खानेहरुका फोटो भने लोभलाग्दा छन । मौकाले जुराएको संयोग कृषि पेसाका तस्बिर भने झनै रहरलागदा छन । जय लकडाउन : कृषि क्रान्ति जिन्दावाद ।

प्रस्तुत बिचार लेखकका निजि बिचार हुन । कहि कसैमा मेल खाएमा संयोग मात्र हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय